लायन्स क्लव अफ तनहुँ दमौलीद्वारा तीन सयलाई निशुल्क कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स क्लव अफ तनहुँ दमौलीद्वारा तीन सयलाई निशुल्क कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८१, आईतवार

    दमौली । लायन्स क्लव अफ तनहुँ दमौलीले दसैंमा तीन सय जनालाई निशुल्क कपडा वितरण गरेको छ ।

    क्लवले व्यास नगरपालिका-१३ कुकुरढुंगे, वडा कार्यालय र बेलबासमा तीन सयलाई कपडा, अति विपन्न ५० घरधुरीलाई नुन, तेल, मसला वितरण गरेको क्लवका अध्यक्ष रनिल रोकाले जानकारी दिए ।

    क्लवले पुन: प्रयोग गर्न मिल्ने कपडा संकलन गरी वितरण गरेको हो । क्लवले व्यास-३ मा कपडा बैंक समेत सञ्चालन गरिरहेको छ ।