नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८१, बुधबार

    काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो ।

    आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको हो । ‘समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।