तनहुँमा डेङ्गु सङ्क्रमित बढेको बढ्यै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा डेङ्गु सङ्क्रमित बढेको बढ्यै

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८१, बुधबार

    दमाैली । तनहुँमा दिनप्रतिदिन डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ । दसैं सुरु भएसँगै जिल्लामा डेङ्गु सङ्क्रमित पनि बढेका छन् ।

    स्वास्थ्य कार्यालय तनहुँका अनुसार पछिल्लो एक सातामा जिल्लामा चार सय ९८ जना डेङ्गु सङ्क्रमित थपिएका छन् । एक साता अगाडी तीन हजार ४८ सङ्क्रमित रहेकामा आजसम्म जिल्लामा तीन हजार पाँच सय ४६ सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

    अधिकारीका अनुसार विशेषगरी शहरी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दो छ । सदरमुकामस्थित व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा बढी सङ्क्रमित छन् ।

    अधिकारीका अनुसार व्यास नगरपालिकामा एक हजार दुई सय ४६, शुक्लागण्डकी नगरपालिकामा चार सय २१, भिमाद नगरपािलकामा ३४, भानु नगरपालिकामा ३९, म्याग्दे गाउँपालिकामा ३०, बन्दीपुर गाउँपालिकामा एक सय ३७, आँबुखैरेनी गाउँपालिकामा एक हजार पाँच सय ६१, घिरिङ गाउँपालिकामा चार, ऋषिङ गाउँपालिकामा चार, देवघाट गाउँपाालिकामा ५३ र अन्य जिल्लाका १७ सङ्क्रमित छन् ।