लमजुङमा बोलेरो जीप दुर्घटना : २० घाइतेको उद्धार गरी अस्पताल पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लमजुङमा बोलेरो जीप दुर्घटना : २० घाइतेको उद्धार गरी अस्पताल पठाइयो

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८१, आईतवार

    लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–६ मकैडाँडाबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् । 

    क्षमताभन्दा बढी यात्रु बोकेको ग १ ज ८५५१ नम्बरको जीप तल्लो मकैडाँडा नजिकैको घुम्तीमा आइतबार दिउँसो साढे ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । घुम्तीको ओरालोमा ‘टर्निङ’ नमिल्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

    ‘जीपमा २१ जना सवार थिए, हामीले घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल पठाएका छौं । थप विवरण आउन बाँकी छ’, डीएसपी श्रीवास्तवले भने । घाइतेहरूलाई उपचारका लागि लमजुङ अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।