शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको मतदान भोलि : यी हुन दुई टिमका उम्मेदवार (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको मतदान भोलि : यी हुन दुई टिमका उम्मेदवार (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८१, शुक्रबार

    दमाैली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि भोलि शनिबार निर्वाचन हुने भएको छ । निर्वाचनका लागि दुई समूह प्यानल सहित मैदानमा उत्रिएका छन् ।

    निर्वाचनका लागि नेकपा (एमाले) समर्थित व्यवसायीको एकल प्यानल छ भने काङ्ग्रेस र माओवादीले अर्को प्यानल बनाएका छन् । सङ्घमा ८ सय ४२ मतदाता छन् ।

    एमाले समर्थित व्यवसायीको प्यानलबाट अध्यक्षमा सुजित हिराचन, वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, उद्योग उपाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ, महासचिवमा सुजन श्रेष्ठ, उपमहासचिवमा बिर्सना श्रेष्ठ र कोषाध्यक्षमा कमल गैह्रे प्रतिस्पर्धामा छन् ।

    त्यस्तै महिला सदस्यहरुमा जोशिला थापा, केशवती श्रेष्ठ, गिरीबहदुर थापा, भूपेन्द्र रिमाल, धर्मराज पोख्रेल, विमल बानियाँ क्षेत्री, देवीभक्त राना, राजेन्द्र पौडेल, मिलन खनाल लामगादे, सन्तोषकुमार श्रेष्ठ, राजकुमार खड्का र उपेन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

    काङ्ग्रेस माओवादीको गठबन्धनबाट अध्यक्षमा समुन्द्रराम श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन सापकोटा, वाणिज्य उपाध्यक्षमा प्रकाश थापा, उद्योग उपाध्यक्षमा देवेन्द्रबहादुर ढुङ्गाना, महासचिवमा पूर्णबहादुर कायस्थ, उपमहासचिवमा मित्रबन्धु पौडेल, कोषाध्यक्षमा रजनी थापा र सदस्यहरुमा अमृत घिमिरे, विधान गुरुङ, बर्माकुमार श्रेष्ठ, ऋषिराम महत, अर्जुन सापकोटा, बुद्धिबहादुर खत्री राजन, गमबहादुर केसी, तिलबहादुर कार्की, पिताम्बर तिम्सिना, निलम विश्वकर्मा, बसन्ता श्रेष्ठ र रिता अधिकारी प्रतिस्पर्धामा छन् ।