दमौली । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पोखरा लगिदैछ । शुक्रबार सॉझ काठमाडौमा पक्राउ परेा लामिछानेलाई सडक मार्ग हुँदै पोखरा लगिएको हो ।
त्यसक्रममा राति ११:४० बजे लामिछाने मुग्लिन हुँदै तनहुँ प्रवेश गरेका छन् ।
रास्वपा तनहुँका कार्यकर्ता ऑबुखैरेनी, दमौली चोकमा जम्मा भएका छन् । रास्वपा तनहुँका सभापति विश्व बॉस्तोला, व्यास नगर सभापति चुडामणि दाहाल लगायतका नेताहरु दमौलीस्थित मुख्यचोकमा जम्मा भएका छन् ।