


दमौली । नेपाल तमु विद्यार्थी छोंज धिंको १२ औ महाधिवेशन तनहुँको दमौलीमा सोमबार सकिएको छ । महाधिवेशन नयॉ कार्यसमिति चयन गर्दै सकिएको हो ।
महाधिवेशनबाट छोंज धिंको केन्द्रीय अध्यक्षमा चितवनका पवन गुरुङ निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ, महासचिवमा युवराज गुरुङ चयन भएका छन् ।
त्यस्तै उप-महासचिवमा अनिल गुरुङ, सचिवमा विकास गुरुङ, नेहा गुरुङ, युवराज गुरुङ, प्रकाश गुरुङ, इना गुरुङ, कोषाध्यक्षमा अनुपम गुरुङ, सहकोषाध्यक्षमा अन्जु गुरुङ, संगठन विभाग प्रमुखमा सबिन गुरुङ, प्रचारप्रसार सचिव प्रमुखमा मनोज गुरुङ, भाषा, साहित्य सस्कृतिक तथा अतिरिक्त विभाग प्रमुखमा ईशा गुरुङ,
विदेश विभाग प्रमुखमा सोम गुरुङ, आईटी विभागमा सुमित गुरुङ,
शैक्षिक विभाग प्रमुखमा बुद्धराम गुरुङ र प्रशिक्षण तथा अनुशासन विभाग प्रमुखमा गोबिन्द गुरुङ चयन भएका छन् ।