तनहुँमा चिकित्सक सङ्घ गठन, अध्यक्षमा डा. राम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चिकित्सक सङ्घ गठन, अध्यक्षमा डा. राम

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०८१, शनिबार

    दमौली । नेपाल चिकित्सक संघको तनहुँ शाखा विस्तार गरिएको छ । खैरेनीटारमा शुक्रबार आयोजित कार्यक्रमले संघको तनहुँ शाखा विस्तार गरेको हो ।

    संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक डा. राजन शर्माको अध्यक्षतामा आयोजित भेलाले संघको जिल्ला अध्यक्षमा डा. रामकुमार श्रेष्ठलाई चयन गरेको छ।

    त्यस्तै वरिष्ठ उपाध्यक्ष डा. विद्याभुषण ताम्राकार, उपाध्यक्षमा डा. परिवर्तन बराल, महासचिवमा डा. दिनेश शर्मा, सहसचिवमा डा. धनबहादुर क्षेत्री, कोषाध्यक्षमा डा. शैलेश गुरुङ, सहकोषाध्यक्षमा डा. अस्मिता पाठक चयन भएका छन् ।

    सदस्यहरुमा डा. रामहरि दाहाल, डा. शेखर कायस्थ, डा. कुलदिप के.सी. डा. बिक्रमबाबु कार्की, डा. सन्दिप गौतम, डा. विज्ञान क्षेत्री चयन भएका छन् । सल्लाहकारमा प्रा.डा. बुद्धिबहादुर थापा, डा. दिपक पौडेल, डा. दिपक काफ्ले छन् ।