दमौली । इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले तीन दिनमा दश जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका दश जनालाई मंसिर ६ देखि ९ गतेसम्म पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयनका सिलसिलामा प्रहरीले सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुविवाह मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।