काठमाडौमा चिसो बढ्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौमा चिसो बढ्दै

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०८१, बुधबार

    काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ।

    काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ। आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो भने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ। विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने प्रक्षेपण गरेको छ।