दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको छ । विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउका लागि प्रहरीले अभियान नै चलाएको छ।
सोही बमोजिम प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
बहुविवाह मु्द्धाका प्रतिवादी म्याग्दे गाउँपालिका-३ का ५१ वर्षीय बुद्धिबहादुर नेपाली पक्राउ परेका छन् । निज विरुद्ध अदालतले विस २०५६ मंसिर ८ गते १८ दिन कैद सजाय सुनाएको थियो ।
यस्तै सवारी ज्यान मुद्धाका प्रतिवादी म्याग्दे गाउँपालिका-४ घुम्ती बस्ने ५६ वर्षीय गोबर्धन राना पक्राउ परेका छन् । निज विरुद्ध तनहुँ अदालतले विसं २०६४ पुस ११ गते ५ दिन कैदको सजाय सुनाएको थियो ।
दुवै जनालाई कैद भुक्तानका लागि अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।