नेपाल चिकित्सक संघ तनहुँ शाखाद्वारा ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल चिकित्सक संघ तनहुँ शाखाद्वारा ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०८१, बुधबार

    दमौली । नेपाल चिकित्सक सङ्घ, तनहुँ शाखाले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र चिकित्सकहरूमाथि भइरहेको चुनौतीहरूको विषयमा ध्यानाकर्षण गराउँदै तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्घले आज प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको सङ्घका महासचिव डा.दिनेश शर्माले जानकारी दिए ।

    उनका अनुसार एमबिबिएस÷पिजी अध्ययनका लागि विद्यार्थीहरूले झेल्नुपरेका कठिनाइ र यसले समग्र स्वास्थ्य क्षेत्रमा पार्ने असरलाई गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ ।

    पिजीमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई आठौं तहका मेडिकल अफिसर सरहको तलबभत्ता हुनपर्ने माग ज्ञापनपत्रमा रहेको छ । साथै, चिकित्सा शिक्षा, अनुसन्धान, तथा जनस्वास्थ्य प्रबद्र्धनका क्षेत्रमा सुधारका उपायहरूको कार्यान्वयन गराउन जोड दिइएको नेपाल चिकित्सक सङ्घ तनहँु शाखाका अध्यक्ष डा. रामकुमार श्रेष्ठले बताए ।

    उनका अनुसार चिकित्सा क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले सामना गरिरहेका समस्या, चिकित्सकको आत्मसम्मानमा आँच पु¥याउने घटनाहरू, तथा सरकारी नीति र व्यवस्थापनमा सुधारका लागि कदम चाल्न माग गरेको छ ।

    ज्ञापन पत्रमा नेपाल सरकारका विभिन्न निकायहरूसँग तत्काल सुधारात्मक कदम चाल्न अनुरोध गरिएको छ ।

    ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सम्बन्धित निकायलाई पत्र पठाउने बताए ।