दमाैली । म्याग्दे गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका पसललाई दर्ता तथा सूचीकृत गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिका अन्तर्गत वडा नम्बर ४ देखि ७ सम्मका होटल, किराना, पसल, विभिन्न उद्योग, व्युटी पार्लर, स्टेशनरी, बेकरी, कृषि फर्म लगायतका व्यापार व्यवसाय सञ्चालन भइ दर्ता तथा सूचीकृत नभएका व्यवसायीलाई कानूनी दायरामा ल्याउनका लागि अनिवार्य रुपमा व्यवसाय दर्ता तथा सूचीकृत गर्न आग्रह गरिएको हो ।
वडा नम्बर ५ को कार्यालयमा मङ्सिर २३ गते, वडा नम्बर ७ को कार्यालयमा मङ्सिर २४ गते, वडा नम्बर ६को कार्यालय र तुरतुरे बजारमा मङ्सिर २५ गते र वडा नम्बर ४ को कार्यालय र थर्पु बजारमा मङ्सिर २६ गते व्यवसाय दर्ता गर्न आग्रह गरिएको छ ।