पोखरा । चिल्ड्रेन –नेपालको २८औं बार्षिक साधारणसभा संस्थाको कार्यालय मासबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले २८ वर्ष सम्म सामाजिक सेवामा सक्रिय रहेकामा संस्थाको कामलाई प्रसंशा गर्दै धन्यवाद दिए।
प्रदेश सरकारले नागरिक संस्थाले गरेका कामलाई उच्च मुल्यांकन गर्दै सहयोग साझेदारी र समन्वय गर्ने कुरामा जोड दिए।
संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले चिल्ड्रेन नेपालको संक्षिप्त परिचय दिदैं संस्थाको दिगोपन र आत्मनिर्भरका लागीप्राप्त गरेका उपलब्धि र प्रयासहरुको बारेमा आफनो भनाई राखेका थिए ।
संस्थाको स्थापनादेखि हालसम्म कठिन परिस्थितिमा रहेका हजारौँ बालबालिका, युवा, महिला र तिनका परिवारहरुको निम्ति सामाजिक र मानवीय सेवा प्रदान गर्ने अवसर प्राप्त भएकोमा गौरव लागेको उनको भनाइ थियो।
संस्थाले बालअधिकार प्रबर्द्धन, शान्ति, वातावरण संरक्षण, महिला सशक्तीकरण, दिगो विकास र सामाजिक परिवर्तनको क्षेत्रमा आफ्नो स्थापनाकाल देखि नै सडक, श्रमिक, दलित, अपाङ्गता लगायत विभिन्न खाले जोखिममा परेका सीमान्तकृत समुदायका बालबालिका, युवा, महिला र तिनका परिवारलाई केन्द्रित गरी सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको उनले उल्लेख गरे।
संस्थाले कार्य सम्पादन मुल्याङकनबाट यस वर्ष उत्कृष्ट कर्मचारीको रुपमा छनौट भएका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा, लेखा अधिकृत हरि प्रसाद पोख्रेल र चालक/सहायक सन्तोष नेपालीलाई प्रशंसा पत्र नगद र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सोही अवसरमा सीप तथा स्वरोजगार शाखा अन्तरगत
सुर्यमुखी हस्तकलामा कार्यरत उत्पादकहरुलाइ पुरस्कृत गरिएको थियो । संस्थाका निवर्तमान अध्यक्ष भिमलाल गुरुङले संस्थालाई साथ र सहयोग गर्ने संस्थाका कर्मचारी,राज्यका निकाय,स्थानीयतह, प्रशासन र सम्पुर्ण सरोकारवालाहरुलाई समेत धन्यबाद दिए।
संस्थाका महासचिव जयन्द्र भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन र आगामी बर्ष २०८१÷०८२ को कार्यक्रम र बजेट संस्थाका कोषाध्यक्ष कुल प्रसाद पौडेलले प्रस्तुत गरेका थिए । दुवै प्रतिबेदनहरु र कार्यसमितिबाट सभामा पेश गरिएका प्रस्तावलाई छलफल सहित सम्मानित सभाबाट पारित गरिएको थियो ।
साधारण सभा संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको थियो । अध्यक्ष पौडेलले संस्थाका कार्यसमिति सदस्य र संलग्न कर्मचारीहरु स्वमसेवकहरुको अहोरात्रको खटन, मेहनतका कारण संस्थाले सफलता हासिल गर्दै बताए।