रत्नहरी अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रत्नहरी अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८१, बुधबार

    दमौली। व्यास ४ भोर्लेटारचोक स्थित रहेको रत्नहरी मेमोरियल अस्पतालले प्रदान गर्ने सेवामा माछापुच्छ्रे बैंकका ग्राहकले १०% छुट पाऊने भएका छन । बुधबार रत्नहरी मेमोरियल अस्पताल र माछापुच्छ्रे बैंक लिमिटेडबीच छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्र हस्ताक्षर भएको हो ।

    माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवा र औषधिजन्य सामग्रीमा छुट उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको अस्पतालका व्यवस्थापक लिल थापाले जानकारी दिए ।

    सम्झौता अनुसार, बैंकका कर्मचारीलाई अस्पतालका सेवामा १५ प्रतिशत, बैंकका ग्राहकलाई १० प्रतिशत, र बैंकका कर्मचारी तथा ग्राहकले औषधिजन्य सामग्री खरिद गर्दा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ।

    सम्झौता पत्रमा बैंकको तर्फबाट दमौली शाखाका शाखा प्रबन्धक महेश्वर दवाडीले र अस्पतालको तर्फबाट जनसम्पर्क अधिकारी सबिन लामिछानेले हस्ताक्षर गरेका छन्। सम्झौतामा हस्ताक्षरपछि, बैंकका ग्राहकहरूले माछापुच्छ्रे मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा पनि यी छुटहरूको लाभ लिन सक्नेछन्।

    सम्झौताले बैंकका ग्राहक र कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ बनाउने विश्वास गरिएको छ।उक्त अस्तपाल ५० शैयाको रहेको छ ।