काठमाडौले विराटनगरलाई हरायो, प्लेअफको सम्भावना कायमै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    काठमाडौले विराटनगरलाई हरायो, प्लेअफको सम्भावना कायमै

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८१, आईतवार

    काठमाडौं । विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।

    लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

    अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।

    काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।