दमौली । चेक अनादर मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले दमौलीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-७ तुल्सीघाट बस्ने ४० वर्षीय बलराम तिवारी रहेका छन् । व्यास नगरपालिका-४ भोर्लेटारचोकमा पक्राउ परेका उनलाई बिहीबार जरिवाना भुक्तानका लागि अदालत उपस्थित गराइएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
तनहुँ अदालतले विसं २०७९ पुस २० गते निजलाई एक हजार जरिवाना गरेको थियो ।