दमौली । नेपाल विद्यार्थी संघ तनहुँले सदस्यता वितरण सुरु गरेको छ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसबाट संघले सदस्यता वितरण सुरु गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विद्यार्थीलाई सदस्यता कार्ड वितरण गरेका थिए । संघले विद्यार्थीको हकहित र अधिकारका लागि निरन्तर काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष आशिष कैनी, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य हेमन्त पाण्डे र करुणा कटुवाल लगायतले बोलेका थिए ।