दमाैली । व्यास-१२ छाब्दीका अविनाश पन्थ र दिवस पन्थको नेतृत्वमा सञ्चालित ‘स्कुल स्विटर अभियान’ अन्तर्गत आर्थिक रुपमा कमजोर बालबालिकालाई सहयोग गरिएको छ। अभियानको क्रममा व्यास-१३ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत २६ जना बालबालिकालाई जाडोका लागि विद्यालयको स्विटर प्रदान गरिएको हो।
यस सहयोग कार्यको प्रशंसा गर्दै व्यास-१३ का कार्यवाहक वडा अध्यक्ष हरिचन्द्र पन्थले अभियानका नेतृत्वकर्ताहरूलाई विद्यालयमा सम्मान गरेका थिए। सामाजिक उत्तरदायित्व वहन गर्दै गरिएको यो अभियानले विपन्न बालबालिकालाई ठूलो राहत पुगेको छ।