दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको नवनिर्वाचित पदाधिकारी एवं सदस्यको शुक्रबार पदस्थापन गरिएको छ । गत मंसिर २८ गते सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित डिपी अधिकारी नेतृत्वको पदाधिकारी र सदस्यहरुले पदस्थापन गरेका हुन् ।
त्यसक्रममा अध्यक्ष उज्वल पौडेलले नवनिर्वाचित अध्यक्ष अधिकारीलाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा संकटको वातावरण उत्पन्न भएकाले पत्रकारिता विश्वासिलो हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले र पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले तनहुँमा सञ्चारकर्मीबीच सधैं एकता रहेकाले त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा निर्वाचन प्रबन्ध समितिका संयोजक कमलामोहन वाग्लेले निर्वाचित पदाधिकारी, सदस्य, संघीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई प्रमाणपत्र वितरण गरे ।
निवर्तमान अध्यक्ष पौडेलले आफ्ने कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।