दमौली । बन्दीपुर भ्रमण वर्ष २०२५ को पूर्वसन्ध्यामा बन्दीपुरदेखि मुग्लिनसम्म ट्याक्सी र्याली गरिएको छ। ट्याक्सी व्यवसायी सङ्घ बन्दीपुर को आयोजनामा मङ्गलबार बिहान बन्दीपुर डुम्रे आबुखैरेनी मुग्लिनसम्म ट्याक्सी र्याली गरिएको हो।
मुग्लिन पुगेको र्याली पुन बन्दीपुर फर्किएर र्याली समापन भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार बन्दीपुरमा बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटन हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा बन्दीपुरमा बुधबार भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
बन्दीपुर आउने पर्यटकको औसत बसाई लम्ब्याउन भ्रमण वर्षका अवसरमा वर्षैभरि विविध कार्यक्रम आयोजना गरिने भ्रमण वर्षका संयोजक बैस गुरुङले जानकारी दिए।