दमाैली । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बन्दीपुरको प्राचीन संस्कृतिलाई बचाउनुपर्ने बताएका छन् । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका रुइतले बन्दीपुर भ्रमण वर्षका संयोजक वैश गुरुङ र बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानसँगको भेटमा बोल्दै बन्दीपुर जस्तो सांस्कृतिक शहर नेपालमा कमै रहेकोले यस ठाउँलाई बचाएर भावी सन्ततिलाई नमूनाको रुपमा हस्तान्तरण गर्नुपर्ने बताए ।
संस्कृतिमा नेपाल धनी रहेको र त्यसको एउटा ज्वलन्त उदाहरण बन्दीपुर भएको उनको भनाइ थियो । उनले भने, “यहाँको संस्कृति, वातावरणमा आँच आउने काम गर्नु भएन ।”