दमौली । बन्दीपुर केबलकार पुन: सञ्चालनमा आएको छ । दुई दिन बन्द रहेको केबलकार सोमबारदेखि पुन: सञ्चालनमा आएको हो ।
नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी केवलकार सेवा सुचारु गरिएको हो। यसअघि, नियमित मर्मत सम्भार तथा विद्युतीय सामग्रीको स्तरोन्नतिको लागि शनिबार र आइतबार दुई दिन केवलकार सेवा अस्थायी रूपमा रोकिएको थियो।
यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक मर्मत कार्य सम्पन्न गरेपछि पुनः केवलकार सञ्चालन गरिएको बन्दीपुर हिलले जनाएको छ । कम्पनीको सूचनामा भनिएको छ, ‘हामीले केवलकार सञ्चालनका क्रममा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिरहेको स्पष्ट पार्न चाहन्छौं र यात्रुहरूको सेवा निरन्तर सुरक्षित र विश्वसनीय बनाउने प्रतिबद्धता यसै सूचनाद्वारा व्यक्त गर्दछौं।’