दमौली सभाहलभित्रको भानुभक्त सभाकक्ष मिलन केन्द्रलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली सभाहलभित्रको भानुभक्त सभाकक्ष मिलन केन्द्रलाई

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०८१, मंगलवार

    दमौली । व्यास नगरपालिकाले दमौली सभाहलभित्र रहेको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण गरेको छ। मंगलबार आयोजित कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सभाकक्षको औपचारिक पत्र र चाबी निजामती कर्मचारी सङ्घ तनहुँका अध्यक्ष नारायण अधिकारीलाई प्रदान गरे।

    शिक्षा तथा सामाजिक विकास कार्यालय तनहुँका इकाई प्रमुख र नापी कार्यालय तनहुँका प्रमुखको उपस्थितिमा सो कक्ष मिलन केन्द्रलाई हस्तान्तरण गरिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

    उक्त हस्तान्तरणले नगरपालिका र कर्मचारीहरूको सहकार्य र समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।