दमौली । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठले भानु नपाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई यथाशिघ्र लालपुर्जा उपलब्ध गराउने बताएका छन् ।
उनले भने, ‘नगरपालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई यथाशिघ्र लालपुर्जा उपलब्ध गराउन पहल गर्ने विषयमा बैंककमा व्यापक छलफल भएको छ, राष्ट्रिय भूमि आयोगले पनि जिल्ला अध्यक्ष भर्खरै टुङ्गो लगाएकाले अब छिटै बाँकी रहेको नापजाँच गरि लालपुर्जा उपलब्ध गराईने छ ।’
उप-प्रमुख उमा गोतामेले भानु नगरपालिकामा सबै प्रकृया पूरा गरि वडा नं १ बाट लालपुर्जा वितरण गरिने जानकारी दिइन् । नगरपालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रकृया पूरा गरि लालपुर्जा वितरण गर्ने कार्यमा नगरपालिकाका तर्फबाट कुनै कसर बाँकी नराखिने उनको भनाई थियो ।