चितवनमा रविलाई ५४ लाख धरौटीमा छाड्ने आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा रविलाई ५४ लाख धरौटीमा छाड्ने आदेश

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८१, बिहीबार

    चितवन । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

    साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । योसँगै रविको धरौटीको श्रृंखला यो चौथो हो ।

    यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।