चण्डिका आधारभूत विद्यालयद्वारा सामाजिक अभियान्ता सुदीप सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चण्डिका आधारभूत विद्यालयद्वारा सामाजिक अभियान्ता सुदीप सम्मानित

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०८१, सोमबार

    दमाैली । व्यास नगरपालिका-११ मूलपानीस्थित चण्डिका आधारभूत विद्यालयले सामाजिक अभियान्ता सुदीप गफ्फारलाई सम्मान गरेकाे छ । साेमबार आयाेजित विद्यालयकाे छपन्नाै वार्षिकाेत्सवकाे अवसरमा गफ्फारलाई सम्मान गरिएकाे हाे ।

    वडाध्यक्ष दलबहादुर दुराले सामाजिक अभियान्ता गफ्फारलाई प्रशंसापत्र प्रदान रे । सामाजिक क्षेत्रमा पुर्याएकाे याेगदान स्वरुप गफ्फारलाई सम्मान गरिएकाे विद्यालयले जनाएकाे छ । सम्मानपछि उनले यस कार्यले सामाजिक क्षेत्रमा थप काम गर्ने हाैसला मिलेकाे उल्लेख गरे ।

    केही समय अगाडी गफ्फारले त्यस विद्यालयका २४ विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेका थिए ।