दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भोलि शनिबारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।
दमौलीस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
विगतका वर्षमा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलकुद मन्त्रालयबाट बजेट विनियोजन हुने गरेपनि यस वर्ष भने उक्त बजेट कटौती भएको छ । मन्त्रालयले बजेट नछुट्याएको कारण आन्तरिक स्रोत जुटाएर कार्यक्रम गर्नुपर्ने बाध्यताका कारण प्रत्येक पालिकालाई रु २५ हजार दर्ता शुल्क तोकिएको छ।
प्रतियोगितामा छात्रछात्रा कराँते, छात्रछात्रा तेक्वान्दो, छात्रछात्रा उसु, छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्रछात्रा एथलेटिक्सका खेल सञ्चालन हुनेछ ।