राष्ट्रपति रनिङशिल्ड : छात्रतर्फ व्यास र शुक्लागण्डकी फाइनलमा भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राष्ट्रपति रनिङशिल्ड : छात्रतर्फ व्यास र शुक्लागण्डकी फाइनलमा भिड्ने

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८१, आईतवार

    दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा व्यास नगरपालिका-३ मा जारी १६ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत छात्रतर्फको फाइनलमा व्यास र शुक्लागण्डकी नगरपालिका भिड्ने भएको छ ।

    आइतबार बिहान भएको सेमिफाइनलमा ऋषिङलाई पराजित गर्दै व्यास फाइनलमा प्रवेश गरेको छ । व्यास २-० को सोझो सेटमा विजयी भएको थियो ।

    भिमादलाई २-० को सोझो सेटमा हराउँदै शुक्लागण्डकी फाइनल प्रवेश गरेको छ । फाइनल खेल आइतबार दिउँसो आयोजना हुनेछ ।

    तेस्रो स्थानका लागि ऋषिङ र भिमादबीच खेल हुनेछ ।