दमौली । नेपाल राष्ट्रिय शिक्षक संगठनको तनहुँको अध्यक्षमा बाबुराम रानाभाट सर्वसम्मत चयन भएका छन् । संगठनको बुधबार सम्पन्न १४ औ जिल्ला अधिवेशनबाट रानाभाटको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट संगठनको उपाध्यक्षमा जनक सिग्देल, महिला उपाध्यक्षमा कल्पना घिमिरे, सचिवमा रिदय भट्ट, कोषाध्यक्षमा सूर्य गौतम चयन भएका छन् ।