दमौली । बन्दीपुर केबलकार चार दिन बन्द हुने भएको छ ।केबलकार सेवालाई थप सुरक्षित बनाउने सिलसिलामा हाल केबलकारको ड्राईभसिभमा सेफ्टी डिभाईस (सुरक्षा उपकरण) प्रविधिको अद्यावद्यिक गर्न केबलकार चार दिन बन्द गरिएको हो ।
केबलकारको सेवाहरु थप सुरक्षित र भरपर्दो गराउने योजना अनुरुप शनिबारदेखि चार दिनसम्म केबलकार बन्द गरिएको बन्दीपुर हिलले जनाएको छ ।
स्काई साईकिलिङ्ग, जिपलाईन र डाईभइन रेष्टुरेण्टको सेवा भने निर्यामत रुपमा संचालनमा रहने जनाइएको छ ।