आँबुखैरेनीमा बाेलेराे दुर्घटनामा दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा बाेलेराे दुर्घटनामा दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८१, आईतवार

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-३ डाँडाटोल स्थित सडकखण्डमा आइतबार बाेलेराे जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । गोरखाबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना २ च ४१३५ नम्बरको बाेलेराे जीप चालकले नियन्त्रण गुमाई सडक छेउ नालीमा ठोकिन गई दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    घाइते हुनेहरुमा आँबुखैरेनी-२ खानिखोला बस्ने वर्ष २५ वर्षीय अविन थापा र मार्किचोक बस्ने २५ वर्षीय सुमित गुरुङ छन् । दुवैकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।