बन्दीपुर अस्पतालको प्रमुखमा डा. अनिल गिरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पतालको प्रमुखमा डा. अनिल गिरी

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८१, मंगलवार

    दमौली । बन्दीपुर अस्पतालको प्रमुखमा डा. अनिल गिरीले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगबाट स्थायी नियुक्ति लिएका डा. गिरीले सोमबार अस्पतालको प्रमुखको रुपमा पदभार ग्रहण गरेका हुन् ।

    यसअघि चतरा अस्पताल सुनसरीको प्रमुख रहेका गिरीले त्यहा थालेको सुधारको कामले उनले सर्वसाधारणबाट प्रशंसा पाएका थिए ।

    आफ्नै गृहजिल्लाको अस्पताल प्रमुखमा पदभार ग्रहण गरेपछि उनले यस अस्पताललाई नमूना अस्पताल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताएका छन् ।

    विसं २०२२ सालमा स्थापना भएको बन्दीपुर अस्पतालमा हाल १५ शय्याको क्षमता रहेको छ। अस्पतालमा हाल चार जना डाक्टर कार्यरत छन्।