सुनको मूल्यमा नयॉ रेकर्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्यमा नयॉ रेकर्ड

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८१, मंगलवार

    काठमाडौ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। 

    यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन रूपैयाँ बढी हो।

    यस्तै सोमबार भने प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

    सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।