


दमौली । बिपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डित समाजको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
समाजका केन्द्रीय सभापति विनयध्यज चन्दले पण्डितलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । समाजको विधान २०७१ र संशोधित २०७६ अनुसार केन्द्रीय सदस्यमा मनोनित गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
तनहुँको व्यास नगरपालिका–६, साँगेमा जन्म भई हाल व्यास नगरपालिका–४ शितलचोक निवासी पण्डित विद्यार्थीकाल देखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक जीवनमा प्रवेश गरेका थिए ।