


दमाैली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई केन्द्रको जग्गा खरिद प्रक्रियालाई लिएर नगरपालिकाका कर्मचारीको अडियो प्रकरणबारे छानबिन गरिने बताएका छन् ।
सोमबार नगरपालिकामा केही सञ्चारकर्मीसँग कुरा गर्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाकै तलब खाएर नगरपालिकाको हित विरुद्ध लागेको अडियो प्राप्त भएकाले यसबारे छानबिन गरिने बताए ।
उनले भने, “नगरपालिकाको तलब खाएर नगरपालिकाकै हित अनुकुल हुने काम गर्न पाइँदैन । बोलेका कुराबारे स्पष्टिकरण लिन्छौ । सफाइको मौका पनि दिन्छौ ।”
जग्गा खरिद प्रक्रियाका लागि प्रतिनिधि तोकिएका कर्मचारी नै यसको विरुद्धमा लागेको पाइएको बताउँदै न्यौपानेले जाँडभट्टीमा बसेर नानाभाँती बोल्ने काम भएको उल्लेख गरे ।
नगरप्रमुख न्यौपानेले नगरपालिका स्थापनाको ३२ वर्षसम्म सरसफाई केन्द्र बनाउन नसकिएको बताउँदै थपे, “हिजोको प्रतिनिधिले पनि गरेनन् । १५ वर्ष शासन गरेका कर्मचारीले पनि यसको काम गर्न सकेनन् ।”