३६ वर्षीय महेश पॉच दिनदेखि बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ३६ वर्षीय महेश पॉच दिनदेखि बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८१, बुधबार

    दमौली । तनहुँको भीमाद नगरपालिका- २ धरमपानीबाट ३६ वर्षीय महेश सुवेदी बेपत्ता भएको पॉच दिन बित्दा पनि फेला परेका छैनन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् ।

    उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् । राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।

    सँगै सुतेका भाइ बिहान कोठामा हेर्दा थिएनन् र लगत्तै फोन गर्दा सवा ५ बजे भएको थियो । उनले म कहिले गगनगौंडा त कहिले हेमजामाथि जंगलमा भएको र पछि आफू कहाँ छु भन्ने थाहा नपाएको बताएका थिए,’ वडासचिवसमेत रहेका दाजु गोपालकृष्णले भने, ‘मोबाइल अफ भएलगत्तै खोजी कार्य थाल्यौं । प्रहरीलाई जानकारीसमेत गरायौं तर उनी अहिलेसम्म भेटिएका छैनन् ।’

    महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा धरमपानी पुगेका थिए । सोही बेला सुवेदी बेपत्ता भएको र पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजीका लागि हारगुहार गरिएको भाइ दिनेश सुवेदीले बताए ।