डुम्रे महोत्सव उदघाटनका लागि मन्त्री खड्का हेलिकप्टरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रे महोत्सव उदघाटनका लागि मन्त्री खड्का हेलिकप्टरमा

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८१, बुधबार

    दमौली। तनहुँको डुम्रेमा बुधबारदेखि सुरु हुने डुम्रे महोत्सव उदघाटनका लागि उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्का हेलिकप्टरमा आएका छन् ।

    मन्त्री खड्कालाई गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा लगायतले स्वागत गरे ।

    बुधबार प्रतिनिधि सभा बैठक आयोजना गरिएको र कांग्रेस एमालेले उपस्थितिका लागि ह्विप लगाएकाले मन्त्री खड्का हेलिकप्टर प्रयोग गरी महोत्सव उदघाटन गर्न आएका हुन् ।