अडियो प्रकरणमा व्यास नगरपालिकाका चार जना कर्मचारी निलम्बित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अडियो प्रकरणमा व्यास नगरपालिकाका चार जना कर्मचारी निलम्बित

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८१, बुधबार

    दमाैली । व्यास नगरपालिकाको सरसफाई केन्द्रको जग्गा खरिदसँग सम्बन्धित रहेर सार्वजनिक भएको अडियो प्रकरणका चार जना कर्मचारी निलम्बनमा परेका छन् । नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा नगरपालिकाले चार जना कर्मचारीलाई निलम्बन गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृतबाट सात दिने स्पष्टिकरण सोधिएकामा बुधबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । ती कर्मचारीहरुलाई छानबिन प्रक्रिया नटुङ्गिदासम्म निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन र छानबिनका लागि स्पष्टिकरण सोधिएका कर्मचारीलाई दिएको अतिरिक्त थप सुविधा हाललाई कटौती गरी कार्यपालिकाबाट तोकिएका सबै समिति, उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय भएको नगरप्रमुख न्यौपानेले बताए ।

    स्पष्टिकरण माग गरिएका कर्मचारीहरुको प्राप्त स्पष्टिकरण फागुन २६ गते बिहान ८ बजे हुने बैठकमा पेश गर्न निर्देशन दिने निर्णय भएको छ ।

    बैठकले नगरपालिकाको सूचना अधिकारीको जिम्मेवारी शिक्षा शाखा प्रमुख केदार आचार्यलाई दिने निर्णय गरेको छ ।

    No description available.