दमौली । भूमि समस्या समाधान आयोग तनहुँले व्यास नगरपालिकामा अभिमुखीकरण कार्यक्रम गरेको छ । नगरपालिकाको समन्वयमा मंगलबार अभिमुखीकरण गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा भूमि आयोग तनहुँका अध्यक्ष गोविन्द सिलवाल , विज्ञ सदस्य श्रीराम कार्की क्षेत्रीले आयोगका बारेमा जानकारी गराएका थिए भने आयोग र स्थानीय पालिकाले गर्ने काम, कर्तव्य र कार्ययोजना बारे आयोगका सदस्य सचिव एवं नापी कार्यालय तनहुँका प्रमुख विजय सिंहले जानकारी गराएका थिए ।
कार्यक्रममा आयोगका सदस्य रामचन्द्र उपाध्याय, मालपोत कार्यालय तनहुँका प्रमुख केशव सुवेदीले कार्यक्रममा उठेका जिज्ञासामाथि प्रकाश पारेका थिए ।
आयोगले छिट्टै रोकिएका कामलाई तीव्रता दिने आयोगका विज्ञ सदस्य कार्कीले जानकारी दिए ।