कुमालगाउँमा ६६ वर्षीया महिलाकाे हत्या, ३१ वर्षीय युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुमालगाउँमा ६६ वर्षीया महिलाकाे हत्या, ३१ वर्षीय युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८१, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–९ कुमालगाउँमा बन्चरो प्रहार गरी महिलाको हत्या अभियोगमा एक जना युवा पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ६६ वर्षीया विष्णुमाया कुमालको हत्या अभियोगमा सोही ठाउँका ३१ वर्षीय शङ्कर कुमाल पक्राउ परेका हुन् ।

    आज बिहान ८ बजे महिला मृत अवस्थामा भेटिएको र निजको बन्चरो प्रहार गरी हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

    पक्राउ परेका शङ्करले यसअघि पनि निज महिलालाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले भने, “पहिला एकपटक कुटपिट गरेपछि मिलापत्र गरेर छाडिएको रहेछ ।” मृतक महिला घरमा एक्लै बस्दै आएको प्रहरीको भनाइ छ ।