दमौली । तनहुँको भिमाद नगरपालिका-२ धरमपानीका महेश सुवेदी बेपत्ता भएको पॉच दिनपछि मृत फेला परेका छन् । गत फागुन १७ देखि बेपत्ता सुवेदी बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
भिमाद बडहरभन्ज्याङ नजिकै मैदान भन्ने ठाउँ नजिकै खोलामा पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको थियो ।
महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा धरमपानी पुगेका थिए । राति घरमै सुतेका उनी बिहान उठ्दा घरमा नभएपछि परिवारले खोजी कार्य गरेका थिए ।