प्रशासन चोकको नर्सरी खाली गराउन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासन चोकको नर्सरी खाली गराउन माग

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८१, बिहीबार

    दमौली । व्यास नगरपालिका-३ प्रशासनचोकस्थित नर्सरी खाली गराउन माग गरिएको छ ।

    सार्वजनिक जग्गा संरक्षण तथा बचाउ अभियानले बुधबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै समन्वय समितिको स्वामित्वको उक्त जग्गा खाली गराउन माग गरेको हो ।

    दमौलीको मुख्य चोक साविक फराकचौर ९\ग कि. नं. ३२१ क्षेत्रफल करिव १-५-०-० भएको मुल्यवान जग्गा तत्कालिन समयमा महेन्द्र राजाको सालिक रहेको २०६२/०६३ को जनआन्दोलनमा शिर छेदन गरिएको २०८० सालमा उक्त सालिकमा पुनः मर्मत गरी जस्ताको तस्तै बनाई सकेको ठाउँ व्यक्तिलाई नीजि व्यवसाय संचालन गर्न दिइएको छ ।

    सो चोकको बारेमा बेलाबखत नागरिक समाज, पत्रकारहरुले सार्वजनिक चोक व्यक्तिगत व्यवसायबाट हटाई व्यवस्थित हरियाली पार्क बनाउनु पर्छ भन्ने आवाज उठाउदै आएकाले जिल्ला समन्वय समितिले भाडा सम्झौता तोडी निज व्यक्तिलाई तदरुकताकासाथ हटाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    साथै अन्य ठाउँका सार्वजनिक जग्गा पनि खोजी गर्दै जानुपर्ने अभियानका भाग्यशाली ढुंगानाले बताए । उनले भने, ‘उक्त जग्गाबाट निजी व्यवसाय तत्काल हटाई सार्वजनिक चोकलाई आकर्षक फोहोरा सहितको हरियाली पार्क बनाउने अभियानमा हामी सबै जुटौं।’