दमौली । चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि तनहुँमा २६ परीक्षा केन्द्र कायम भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले परीक्षा सञ्चालनका लागि केन्द्र तोकेको हो ।
परीक्षामा ६ हजार तीन सय दुई परीक्षार्थी सहभागी हुँदैछन् । साधारणतर्फ चार हजार ८ सय ४४, प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ एक हजार तीन सय २५ परीक्षार्थी सहभागी हुने इकाइले जानकारी दिएको छ ।
प्राविधिक धारतर्फका चार विद्यालयको परीक्षा केन्द्र दमौलीस्थित निर्मल माध्यमिक विद्यालयमा तोकिएको छ ।