तनहुँमा मतदातासँग भेटघाट गर्दै डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मतदातासँग भेटघाट गर्दै डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८१, शुक्रबार

    दमौली । तनहुँ-१ का सांसद एवं रास्वपा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्ले मतदाता भेटघाटका लागि जिल्ला आइपुगेका छन् । बिहीबार जिल्ला आएका उनले सोही दिन घुमाउनेघाटमा अलपत्र पुलको निरीक्षण गर्दै स्थानीयसँग छलफल गरे ।

    सोही दिन बुद्धसिंह मार्गका विभिन्न ठाउँमा मतदातासँग भेटघाट गरेका उनले मतदाताको गुनासो सुने ।

    बिहीबार र शुक्रबार निर्वाचन क्षेत्रका चार पालिकाका १२ वटा कार्यक्रममा डा. वाग्ले सहभागी भएको सचिवालयले जनाएको छ ।