दमौली । व्यास नगरपालिकामा सरसफाई केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापन गर्न युवाहरुले माग गरेका छन् । स्थापनाको ३० वर्षसम्म पनि सरसफाई केन्द्र निर्माण नहुनु दुखद रहेको भन्दै युवाहरुले शुक्रबार नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
युवाहरुका तर्फबाट युवा अभियान्ता सुदीप गफ्फारले प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएका थिए ।
नगरलाई स्वच्छ र सफा नगर बनाउन सरसफाई केन्द्र आवश्यक पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सरसफाई केन्द्रसँग सम्बन्धित रहेक हालै सार्वजनिक भएको अडियो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न समेत माग गरिएको छ ।