स्ववियु निर्वाचन : आदिकविमा तीन संगठनको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ववियु निर्वाचन : आदिकविमा तीन संगठनको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८१, बुधबार

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमी तीन संगठनको उम्मेदवारी दर्ता भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि मंगलबार मनोनयन दर्ता तालिका रहेकामा तीन वटा संगठनबाट मनोनयन दर्ता गरिएको हो ।

    आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको तर्फबाट अध्यक्षमा अनुप आले मगर, सचिवमा सागर पाण्डे, कोषाध्यक्षमा रोशन ओझा र सदस्यहरुमा रोशनी कुंवर, प्रमिश न्यौपाने, असिम भण्डारी, शिशिर सुनार, प्रमिला श्रेष्ठ, अनिषा परियार, सदिक्षा अधिकारी र इभान मल्ल ठकुरीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत विशेश्वर तिमिल्सिनाले जानकारी दिए ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट अध्यक्षमा सविन लामिछाने, सचिवमा आशिष पौडेल, कोषाध्यक्षमा सुशान पौडेल, सदस्यहरुमा सुजता पन्थ, सङ्गम सुर्खाली, जेनिथ सुवर्णकार र सन्तोष लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

    अखिल (क्रान्तिकारी) समाजवादी संयुक्तबाट अध्यक्षमा निर्दोष भट्टराई, सचिवमा शिव विश्वकर्मा, कोषाध्यक्षमा अशोक रुचाल, सदस्यहरुमा सुजन सुनार, ममता विश्वकर्मा, प्रतापकुमार श्रेष्ठ, सुजन नेपाली, सङ्गम पौडेल, अनिता थापा मगर, गौतम कुमाल र प्रमिशा शाहीको उम्मेदवारी दर्ता भएको छ ।