दमौली। तनहुँको भिमाद नगरपालिका–२ मा घाँस काट्ने क्रममा मङ्गलबार रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीय ताराबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरभन्दा २० मिटर दक्षिणतर्फ रहेको सालको रुखमा घाँस काट्ने क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेका थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।
मृतकका बुहारी लेखमाया थापाले देखेर इलाका प्रहरी कार्यालय भिमादमा खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।