भानुभक्त बहुमुखी क्याम्पस स्ववियु सभापतिमा मिन बहादुर र एजिनाको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्त बहुमुखी क्याम्पस स्ववियु सभापतिमा मिन बहादुर र एजिनाको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०८१, शुक्रबार

    दमौली । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त र नेविसंघले एकल रुपमा उम्मेदवारी दिएका हुन ।

    बिहीबार क्याम्पस परिसरमा रहेको निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा अनेरास्ववियुका मिन बहादुर थापा (मिलन) र सचिवमा अनेरास्ववियु क्रान्तिकारीका बिनिता भण्डारीको नेतृत्वमा उम्मेदवारी दिएका हुन् ।

    अनेरास्ववियुबाट कोषाध्यक्षमा पुष्पा खड्का, सदस्यहरुमा अभिजित लम्साल र अञ्जली विकले मनोनयन दर्ता गरे । अखिल क्रान्तिकारीबाट सुस्मिता लम्साल, सिरिया गुरुङ र निराज भण्डारीले सदस्यमा मनोनयन गरेको निर्वाचन संयोजक निरोज भट्टराईले जानकारी दिए ।

    नेपाल विद्यार्थी संघले एजिना महतको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ । नेविसंघबाट सचिवमा सुनिल लामिछाने, कोषाध्यक्ष रस्मिता कार्कीले उम्मेदवारी दिए । यसैगरी सदस्यहरुमा प्रतिक्षा गिरी, मोहित गुरुङ, मनिस परियार, रितु अधिकारी र स्वस्तिका सिग्देलले उम्मेदवारी दिए । क्याम्पसमा २ सय ६८ मतदाता छन् ।

    स्ववियु निर्वाचन कार्यतालिका अनुसार फागुन २७ गते मतदाता सुचि प्रकाशित गरि सोहि दिन मतदाता उपर दाबी विरोध गर्ने समय निर्धारण गरिएको थियो । फागुन २८ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरि विहिवार प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्र वितरण र नामावली दाखिला गरिएको निर्वाचन संयोजक भट्टराईले जानकारी दिए

    चैत १ गते प्रत्यक्षतर्फ उम्मेदवारको नामावली प्रकाशन र सोहि दिन उम्मेदवारीप्रति दाबी विरोध गर्ने, उम्मेदवारीको नामावली फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । चैत्र ५ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।