स्ववियु निर्वाचन : आदिकविमा निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालतमा रिट दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ववियु निर्वाचन : आदिकविमा निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालतमा रिट दर्ता

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०८१, शुक्रबार

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार सविन लामिछानेले शुक्रबार उच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको आइतबारलाई पेशी तोकिएको छ ।

    रिटमा आदिकवि भानुभक्त क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति, निर्वाचन अधिकृत विशेश्वर तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाइएको छ ।

    सबै विद्यार्थी संगठनको सहमतिमा निर्वाचन समितिले उम्मेदवारी दर्ताको लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएकामा उक्त समय भित्र अनेरास्ववियुका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको अनेरास्ववियुले जनाएको छ ।

    उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेको भन्दै अनेरास्ववियुले निर्धारित समयभित्र अनेरास्ववियुको मात्र उम्मेदवारी परेको भन्दै आफ्ना उम्मेदबारलाई निर्वाचित भएको घोषणा गर्न माग गरेको छ ।